Logo
Logo

ओलीमाथि झापामा ढुंगामुढा र कालोझण्डा, दुई जना पक्राउ


2.8k
Shares

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको गृह जिल्लामा कालोझण्डा देखाउनुका सार्थ ढुंगामुडा भएको छ । बुधबार गृह जिल्ला आएका ओलीलाई ‘कोशी प्रदेश’ नामाकरणको विरोधमा उत्रिएकाहरुले कालोझन्डा देखाएका हुन् ।

झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै पार्टी कार्यक्रममा सहभागी भएका ओलीलाई पहिचानवादीहरूले कालोझन्डा देखाउँदै नाराबाजीसमेत गरेका थिए । उनीहरुले ‘कोशी प्रदेश चाहिँदैन’ जस्ता नारा लगाउँदै ओलीलाई कालोझन्डा देखाएका थिए भने केही ढुंगामुढासमेत भएको थियो । पहिचानवादीले ओलीको चर्को विरोध गरेको प्रहरीले सय मिटर वर नै रोकेका थिए ।

कालोझन्डा देखाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । गृहमन्त्री श्रेष्ठले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सो जानकारी गराएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, एसपी दुर्गाराज रेग्मीले पनि घटनामा संलग्न २ जना पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले एक्कासी प्रदर्शनकारीले ढुंगा प्रहार गरेको बताउँदै ढुंगाले प्रहरीको टाउकोमा चोट लागेको बताए ।

प्रदेश नम्बर १ को नाम गत फागुन १७ गते कोशी राखिएको थियो । तर, पहिचानवादीहरुले पहिचानको मा आधारमा प्रदेशको नाम राख्नुपर्ने मागग गर्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्