काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एकजना सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो ।
यस्तै, बुधबार एक हजार ६ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ । उपचारपछि आज ६५ जना घर फर्किएका छन् ।
काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष (आइसियु) र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेका छ । शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारण फैलिएको हो ।
‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो ।











