Logo
Logo

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


693
Shares

गुल्म । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मालिका गाउँपालिका- २ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सो जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो ।

दुर्घटना परि घाइते भएका जीप चालक प्रेम बहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।

उनका अनुसार मालिका गाउँपालिकाको दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त् जीप हिडेको थियो । ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्