
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित एक पेट्रोल पम्पमा सिल गरेको छ । महानगरले मापदण्ड विपरीत सञ्चालनमा आइरहेको बालाजुचोक नजिकै रहेको कोतः धुकु पेट्रोल पम्पमा बिहिबार सिल गरेको हो ।
मापदण्डविपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्पमा सिल गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उक्त प्ट्रोल पम्प ५ वर्षदेखी घरको सटरबाट सञ्चालन भइरहेको छ ।
प्रेट्रोल पम्पका कारण बस्तीमा असुरक्षा बढेको भन्दै उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमबाट जानकारी लिएको थियो । जसमध्य कोत धुकु पम्प मापदण्ड विपरित जोखिमयुक्त रुपमा घरको सटरबाट सञ्चनलन हुँदै आएको थियो ।











