Logo
Logo

अजरवैजान पुर्‍याई ठगी गर्ने व्यक्ति पक्राउ


378
Shares

काठमाडौं । अजरवैजान पु¥याई ठगी गरेको अभियोगमा दाङ लमही नगरपालिका–५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिमकुमार सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सुनारले एकजना पीडितलाई वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामको लागि पठाइ दिन्छु भनि ८ लाख ५० हजार रूपैयाँ लिई अजरबैजान पु¥याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्