Logo
Logo

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


1.4k
Shares

काठमाडौं । धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका–३ मुर्चोकस्थित सडकमा ना. ५ त ९३६० नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–५ बस्ने २५ वर्षीय सन्तोष कुवँरको घटनास्थलमै मृत्यु भएको छ ।

साथै, दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

यस्तै, उता गुल्मी, मालिका गाउँपालिका–२ खल्टिङ खोलास्थित सडकमा लु. १ च ९९११ नम्बरको जिप अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सह–चालक बाग्लुङ बडिगार्ड गाउँपालिका–९ बल्घास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालकलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्