Logo
Logo

भक्तपुरमा देवाली पुजा गरियो


756
Shares

भक्तपुर । भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा गरिएको छ । भक्तपुरका अधिकांश किसान परिवारले उक्त पूजा गरेका हुन् । पूजामा बोकाको बलि दिने गरिन्छ ।

स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोही स्थानमा प्रसाद खाने प्रचलन रहेको बताए । दिगु पूजामा बेलविवाह गरेका छोरीलाई सजाएर पूजा गर्ने चलन रहेको संस्कृतिविद्हरुको भनाइ छ । भक्तपुरमा तःपुखु (सिद्धपोखरी), रानीपोखरी, चोंगागणेश, कमलविनायकलगायत ठाउँमा दिगु द्यः (देवाली देउता) रहेको स्थानीयहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्