Logo
Logo

गोदावरीमा राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता हुँदै


- दृष्टि न्युज/संवाददाता


ललितपुर, ३ मङ्सिर । नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीको आयोजनामा गोदावरी नगरपालिका–९ छम्पीमा ‘राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता–२०७६’ हुने भएको छ ।

आउँदो पुस ४ र ५ गते छम्पी खेल मैदानमा राष्ट्रव्यापी प्रतियोगिता हुने नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनुभयो । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मूल नाराका साथ हुन लागेको यस प्रतियोगिताले सामाजिक र भौतिक विकासको साथै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउनेछ, शेर्पाले भन्नुभयो ।

प्रतियोगितामा १० जिल्लाका २५ केजी तौलमाथिका २५० खेलाडीले भाग लिने बताइएको छ । प्रतियोगिताका लागि करीब रु १२ लाख ५० हजार रकम लाग्ने अनुमान आयोजकले गरेका छन् । यस प्रतियोगितामा नेपाललगायत भारत, श्रीलङ्का, दक्षिण अफ्रिका, पाकिस्तान, ट्युनिसिया, कङ्गोलगात मुलुकका कराते खेलप्रमी नेपाल आउने छम्पी शाखा डोजोका संयोजक विदुर कार्कीले जानकारी दिनुभयो ।

गत असोज ११ र १२ गते पहिलोपटक काभ्रेको मण्डनदेउपुर नगरपालिकाको एक विद्यालयमा उक्त प्रतियोगिता सम्पन्न भइसकेको नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीका केन्द्रीय सचिव विक्रम महर्जनले बताउनुभयो । नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाईले विसं २०७६ मा औपचारिक रुपले राष्ट्रिय खेलकूद परिषद्को मान्यतामा पाएपछि ललितपुर जिल्ला खेलकूद विकास समितिमा दर्ता भई हाल विभिन्न १० जिल्लामा सञ्चालित छ । (रासस)

प्रतिक्रिया दिनुहोस्