काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

कैलालीको टिकापुर नगरपालिका घर भई हाल ललितपुरको टीकाथली बस्ने कृतकबहादुर साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यहाँ मासिक २ लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभन दिएर १३ लाख ९२ हजार लिएको पाइएको प्रहरीले जनाएको छ ।
पोर्चुगल पठाइदिन्छु भन्दै अजरबैजानसम्म पुर्याइ अलपत्र पारेर साउद फरार भएका थिए । प्रहरीले उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग वुद्धनगरमा पठाएको छ ।











