काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुदृढ भएको बताएका छन् । राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले भने, ‘ब्याजदरको दबाब कम हुन लागेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । मुद्रास्फीति घट्दो क्रममा छ ।’ आयात घट्दा सरकारी वित्तमा भने दबाब परेको उनको भनाइ छ ।
पछिल्लो समय बैकहरूको कर्जा असुलीमा दबाब परेको भएपनि वित्तीय क्षेत्र सुरक्षित रहेको बताउँदै उनले पूँजीकोष पर्याप्त रहेको र जोखिम नरहेको बताए । उनले नेपाली अर्थतन्त्र आयात र रेमिट्यान्सन्मा निर्भर रहेकाले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना गर्दै अगाडि बढ्नु चुनौतीपूर्ण रहेको पनि बताए ।











