Logo
Logo

केन्यामा परमेश्वर भेट्न भोकभोकै बसेका ९० जनाको मृत्यु



काठमाडौं । केन्यामा अन्धविश्वासको कारण ९० जना भन्दा बढी मानिसको मृत्यु भएको पाइएको छ । यस घट्नालाई लिएर चर्चको नाममा ‘संदिग्ध धार्मिक पन्थ’ सञ्चालन गरिरहेका पास्टर पाउलन्थेन्गे म्याकेन्जीले यसै महिना केन्याली प्रहरीले पक्राउ गरिसकेको छ ।

केन्याली प्रहरीले एक इसाई पास्टरसँग जोडिएको चिहानबाट हालसम्म ९० भन्दा बढी शवहरू भेटिएको छ । प्रहरीका अनुसार पास्टरले आफ्ना अनुयायीहरूलाई भोकै मर्न निर्देशन दिएको आरोपमा अनुसन्धान भइरहेको छ ।

केन्याका प्रहरी महानिरीक्षक जाफेट कुमेका अनुसार पास्टरको स्वामित्व रहेको जग्गामा रहेको चिहानबाट अनुसन्धानकर्ता तथा प्याथलोजिस्टहरूले थप शवहरू उत्खनन गरिरहेको पनि जनाएका छन् । उनले आफ्ना अनुयायीहरूलाई यशुसँग भेट गर्नका लागि भोकै रहेर मर्नुपर्ने भनी विश्वास दिलाएका थिए ।

धेरै पीडितहरू गुड न्युज इन्टरनेसनल चर्चका सदस्यहरू थिए भन्ने विश्वास गरिएको छ । महानिरीक्षक कुमेका अनुसार मालिन्दी सहर नजिकै रहेको स्थानमा पास्टर पाउल न्थेन्गे म्याकेन्जीले चर्चको नाममा ुसंदिग्ध धार्मिक पन्थु सञ्चालन गरिरहेका थिए । उनलाई यसै महिना पक्राउ गरिसकिएको छ ।

केन्याका राष्ट्रपति विलियम रुटोले सोमबार टेलिभिजन सम्बोधन गर्दै उक्त कार्य ‘आतंकवादसँग मिल्दोजुल्दो’ रहेको बताएका छन् । ‘आतंकवादीहरूले आफ्नो जघन्य कार्यलाई अगाडि बढाउन धर्मको प्रयोग गर्छन्’, उनले भनेका छन् ।

प्यास्टर मेकेन्जीलाई गत अप्रिल १४ मा पक्राउ गरी त्यहाँ रहेका १५ भन्दा बढी व्यक्तिको उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये ४ जनाको अवस्था चिन्ताजनक थियो र उनीहरुको पनि पछि मृत्यु भएको बताइएको छ । मेकेन्जी हाल अदालतको आदेशपछि प्रहरीको हिरासतमा छन् ।

केन्याको सार्वजनिक अभियोजन निर्देशक कार्यालयका एक अधिकारीका अनुसार हाल खोजी कार्य जारी नै रहेको छ । उनका अनुसार खोजी कार्य जारी नै रहेकाले हालसम्म औपचारिक रुपमा मेकेन्जीविरुद्ध कुनै अभियोग अदालतमा दर्ता भने भइसकेको छैन ।

मालिन्दीका आपराधिक अनुसन्धानका प्रमुख चार्ल्स कामाउका अनुसार, मेकेन्जीका बारेमा स्थानीय बासिन्दाबाट सूचना प्राप्त भएपछि अधिकारीहरूले अनुसन्धान प्रक्रिया अगाडि बढाएसँगै यो त्रासदी बाहिरिएको हो ।

उनका अनुसार अन्वेषकहरूले शव तथा जीवित व्यक्तिको खोजी गरिरहेका कारण मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ । पहिले नै जिउँदै फेला परेका कतिपयले अझै खान वा पानी पिउन इन्कार गरिरहेको पनि कामाउले बताए । खोजी कार्यमा सहयोग गरिरहेको रेडक्रसका अनुसार कम्तीमा ११२ जना वेपत्ता भएको रिपोर्ट गरिएको छ ।

केन्याका आन्तरिक मन्त्री, किथुरे किन्डिकीले गत आइतबार ट्विटरमार्फत जारी गरेको एकविज्ञप्तिमा यो घटनालाई ूनरसंहारूको संज्ञा दिँदै यसले ुकेन्याले संवैधानिक रूपमा प्रदान गरेको उपासनाको स्वतन्त्रता तथा मानव अधिकारको स्पष्ट दुरुपयोगु भएको बताएका छन् ।

अनुसन्धानका लागि ८०० एकड ठूलो जंगलमा फैलिएको घटनास्थलको सुरक्षा तथा खोजी कार्यका लागि सुरक्षा टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्