Logo
Logo

काठमाडौं महानगरको शिक्षा विभागमा विद्यार्थी संगठनले लगायो ताला


1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ ।

महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो ।

यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी भइरहेको महानगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्