
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकका सम्भावित कार्यसूची विषयगत समिति गठन रहेको छ । संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् ।











