Logo
Logo

लुम्बिनीमा आज ४ सदस्यीय मन्त्रिमण्डलको शपथ ग्रहण



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिदैछन् । बिहिवार नेकपा माओवादीसहित ८ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले आज बिहान ११ बजे प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ लिन लागेका हुन । 

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शपथलगत्तै मुख्यमन्त्री चौधरीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने र नवनियुक्त मन्त्रीहरुलाई आजै शपथ खुवाउने तयारी गरेका छन् ।

उनले माओवादीका एक र अन्य दुई दलका थप दुई गरी तीन जनालाई शपथ खुवाउने तयारी गरेका छन् । स्रोतका अनुसार माओवादीबाट धनबहादुर मास्की आर्थिक मामिला मन्त्री बन्ने करिब निश्चित छ । उनी दाङ ३९२० बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

अन्य दुई मन्त्रीको भने टुङ्गो लागिसकेको छैन। लोसपा, नागरिक उन्मुक्ति र जनमत मध्ये दुई पार्टीका दुई जनालाई सरकारमा लैजाने तयारी छ।

कांग्रेसबाट भने आज कसैले पनि मन्त्रीको शपथ लिने छैनन् । सत्ता गठबन्धनमा मन्त्रीको भागबन्डा मिलाएर यथाशिघ्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी मुख्यमन्त्री चौधरीको छ। यस प्रदेशमा कांग्रेस र माओवादीबीच आधा–आधा कार्यकाल प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ।

८७ सदस्य लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४ – ४ , जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३ – ३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १ – १ र स्वतन्त्रबाट १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्