Logo
Logo

आज तेस्रोपटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि आज तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपाले राष्ट्रपति निर्वाचनका बेला केन्द्रको सत्ता समीकरण फेरिएपछि फागुन १८ गते समर्थन फिर्ता लिएको थियो ।

यसअघि माघ ६ गते मुख्यमन्त्री शर्माले पहिलोपटक संसदबाट विश्वासको मत पाएका थिए । त्यतिबेला राप्रपासहितका २५ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए ।

त्यस्तै उनले चैत १७ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९, एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक जना गरि ३८ सांसदले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्