
काठमाडौं । सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई प्रतिव्यक्ति दुई लाख दिने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आपत्ति जनाएका छन् ।
शुक्रबार समाजवादी पत्रकार सङ्गठन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले जनयुद्धका अयोग्य लडाकुहरूलाई प्रतिव्यक्ति दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन् ।
उनले मुलुक आर्थिक सङ्कटसँग गुज्रिरहेको बेला प्रचण्ड नेतृत्वको सरकारले गरेको यो निर्णय गलत रहेको बताए । अध्यक्ष नेपालले आफूलाई धेरै कुरा थाहा नरहेको बताउँदै यो निर्णय पहिलाकै हो कि नयाँ हो भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुपर्ने बताए ।
उनले भने, ‘मुलुक आर्थिक संकटसँग गुज्रिरहेको छ । सरकार भने राज्यकोषको दुरुपयोग गर्नतिर लागेको छ । यो निर्णय पहिलाकै हो कि नयाँ हो मलाई धेरै जाकारी भएन । यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ । ’











