Logo
Logo

चीनसँग मिलेर काम गर्न चाहान्छौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि हासिल गर्न सरकारले चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका हुन् ।

चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा ठूलो फड्को मारेको भन्दै उनले चीनको प्रशंसा समेत गरे ।

‘विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्नेछौँ,’ उनले भने ।

नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै उनले डाक्टर र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीप, अस्पताल र स्वास्थ्य सुविधालाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्