Logo
Logo

लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन, काे-को बने मन्त्री ?


2.9k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रदेशसभाका ५३ सांसदको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका चौधरीले आज पहिलाे चरणमा नेकपा माओवादी केन्द्र, जसपा र नागरिक उन्मुक्तिबाट एक–एक जनालाई मन्त्री बनाएका हुन् ।

माओवादीबाट धन बहादुर मास्के, जसपाबाट सन्तोष पाण्डे र नागरिक उन्मुक्तिबाट धर्म बहादुर चौधरी मन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरूको जिम्मेवारी भने पछि तोकिने छ ।

चौधरीलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १–१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्