Logo
Logo

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ



काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

पाण्डेलाई प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्