Logo
Logo

गण्डकी सरकारमा एकैपटक दुई महिला मन्त्री


756
Shares

काठमाडौं । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेद्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएर आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पाण्डेले नेकपा माओवादी र नेपाली कांग्रेसबाट एक एक जनालाई मन्त्री बनाएका हुन् । कांग्रेस नेतृ सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिंखडा बिनाविभागीय मन्त्री बनेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई कांग्रेसका २७ र माओवादी केन्द्रका सभामुखसहित ८ जना एवं नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्