Logo
Logo

‘जारी’ले दुई सातामा कति कमायो ?



काठमाडौं । अभिनेता दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ले दोस्रो बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । निर्माता रामबाबु गुरुङका अनुसार वैशाख १ गतेदेखि प्रदर्शनमा आएको जारी यस वर्ष दुई अंकको कमाइ गर्ने पहिलो फिल्म समेत बनेको छ ।

निर्माण कम्पनीले फिल्मको कुल कमाइमा काठमाडौं उपत्यकाभन्दा मोफसलको हिस्सा केही बढी देखिएको छ । रिलिजदेखि नै फिल्मले पूर्वी नेपालका सहरमा आक्रामक कमाइ गरिरहेको थियो । पूर्वी सहरमा अहिले पनि अकुपेन्सी राम्रै देखिएको छ ।

शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको यो फिल्मको अकुपेन्सी नयाँ रिलिज भन्दा पनि उच्च देखिएको छ । शो पनि नयाँ रिलिजभन्दा उच्च नै छ । नेपालसहित अन्तर्राष्ट्रिय बजारमा समेत आक्रामक कमाइ गरेको उपेन्द्र सुब्बा निर्देशित जारीले मल्टिप्लेक्स र सिंगल स्क्रिनमा समेत राम्रै कमाइ गरेको छ ।

नेपालसहित अमेरिका, अष्ट्रेलिया र युरोपमा रिलिज भएको यो फिल्म पछिल्लो साता बेलायत र मध्यपूर्वमा समेत रिलिज भएको छ । निर्देशक सुब्बासहित दयाहाङ राई र मिरुना मगर यतिबेला बेलायतमा फिल्मको प्रचारप्रसारमा छन् ।

प्रतिक्रिया दिनुहोस्