Logo
Logo

अयोग्य लडाकूलाई रकम बाँड्ने निर्णय तत्काल खारेज गर्न एमालेको माग


378
Shares

काठमाडौं । अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई २-२ लाख रुपैयाँ बाड्ने सरकारको निर्णय तत्काल खारेज गर्न नेकपा एमालेले माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोलेका एमालेका प्रमुख सचेतक पदम गिरीले अयोग्य लडाकूलाई २–२ लाख रुपैयाँ दिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्त्काल खारेज गर्न माग गरेका गरेका हुन् ।

मुलुक आर्थिक संकटमा रहेकाले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको भन्दै उनले ध्यानाकर्षण गराएका हुन् ।

चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्याएपनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार गम्भीर नभएको उनको भनाइ छ । अन्मिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको र तिनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको दावी गर्दै भने, ‘त्यो पैसा कहाँ गयो ?’

प्रतिक्रिया दिनुहोस्