काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले शपथ लिएकै दिन संसदमा आफ्ना भनाइ राखेका छन् ।

निर्वाचित भएपछि पहिलोपल्ट संसदमा पुगेका उनले तनहुँको घाँसीको कुवाको व्यवस्थापनबारे सवाल उठाएका छन् । उनले भने, ‘अहिले तनहुँ जिल्ला हुँदै पृथ्वी लोकमार्गको विस्तार हुँदैछ, तर जनस्वास्थ्यका दृष्टिले यो सडकले जटिलता ल्याएको छ। त्यहाँको सडकको धुलोले जनस्वास्थमा असर पारिरहेको छ ।’
उनले पृथ्वी लोकमार्ग विस्तारका क्रममा घाँसीकुवासहितका संरचना जोगाउनुपर्ने पनि उनले बताएका छन् । उनले भने, ‘पृ्थ्वी लोकमार्ग विस्तारका क्रममा घाँसी कुवासहितका संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने देखिँदैछ ।’











