Logo
Logo

लडाकुलाई छुट्याइएको रकमबारे योगेशको प्रस्ताव- उत्पादनमा जोडेर रोजगारको व्यवस्था गरौँ


693
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोड रुपैयाँमा अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गरेर उत्पादनमा जोड्नुपर्ने बताएका छन् ।

फायल फोटो

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको रकमबारे नयाँ प्रस्ताव अघि सारेका हुन् । ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटेल खोलेर लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारीको व्यवस्था गर्न नेता भट्टराईले प्रस्ताव गरेका छन् ।

‘अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आह्वान गरी हाललाई कम्तीमा ५ अरबको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटेल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारी को व्यवस्था गर्ने’, नेता भट्टराईले लेखेका छन्, ‘पुँजी वृद्धि गरी उद्योगको आकार बढाउँदै जाने ।’ पैसा बाँडेर नभई जीवन यापन र दिगो समाधानको बाटोमा जानु उपयुक्त हुने भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्