Logo
Logo

संसदीय विषगत समिति गठन (नामावलीसहित)


1.4k
Shares

काठमाडौं । निर्वाचन सम्पन्न भएको पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यको नाम संसदमा प्रस्तुत गरेका छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनछि प्रतिनिधिसभाको अधिवेशन पुस २५ गतेबाट सुरु भएको थियो । त्यसयता प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको छ । उक्त नियमावली अनुसार संसदीय विषगत समिति गठन भएको हो । प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् ।

नियमावली अनुसार प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेको छ ।

संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन् । अझै संयुक्त समिति भने गठन भएको छैन।

प्रतिक्रिया दिनुहोस्