Logo
Logo

नेपालीकै परामर्शमा बनेकाे परियोजना हो एमसीसी : अमेरिकी राजदूत


693
Shares

पोखरा । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले पोखरा र गण्डकी प्रदेशको अर्थतन्त्र उकास्न सहयोग गर्ने बताएका छन् । शुक्रबार गण्डकी प्रदेश भ्रमणका क्रममा पोखरामा पत्रकारहरुसँगको अन्तरक्रियामा उनले कोभिड महामारीपछि थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न सम्भावनाको खोजी गर्ने बताएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघ, होटल संघ पोखरा नेपाल, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरेका उनले कोभिडपछि व्यवसायी क्षेत्रमा नयाँ रोजगारीको अवसर सिर्जनामा चुनौती रहेको बताए ।

उनले भने, ‘यहाँबाट फर्किएपछि यस क्षेत्रको आर्थिक वृद्धि, संस्कृतिको प्रवर्द्धन, प्रकृति संरक्षणमा प्रत्यक्ष कसरी सहयोग गर्न सक्छौं भन्नेमा विमर्श थाल्ने छौँ ।’ उनले कोभिड महामारी मत्थर भएसँगै नेपालमा अमेरिकी पदयात्रीको संख्या बढेको बताउँदै पदयात्रामा निस्कन आफ्ना नागरिकलाई सूचना जारी गरेको समेत बताए ।

साथै, उनले अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्टबाट कार्यान्वयनमा गएसँगै १० हजारले प्रत्यक्ष रोजगारी पाउने बताए ।

उनले भने, ‘तीन सय मिलियन डलर बराबरको बोलपत्र आह्वान भइसकेको छ । जमिन प्राप्ति र केही प्रशासनिक काम सकिएपछि निर्माण कार्य सुरु हुन्छ ।’ उनले नेपालीकै परामर्शमा तयार भएको परियोजनामा अमेरिकाले अनुदान सम्झौता एमसीसी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्