Logo
Logo

घरमै बसी बसी यसरी घटाउन सकिन्छ मोटोपना



काठमाडौ‌। पछिल्लो समय होटोपना एक प्रकारको रोगको रुपमा परिणत भइरहेको छ । हेर्दा खाइलाग्दो देखएपनि मोटो शरिर स्वास्थ्यको हिसाबले रोग बढाउनु जस्तै हो ।

मोटो शरिरले मानिसको धेरै क्रियायाकलाप र काममा बाधा पुर्याउने गर्दछ । मोटो शरिरका कारण हिड्न, लामो समय उभिएर बस्न, दौडन र जतासुकै अटाउन पनि असहज हुने गर्दछ । छरितो शरिर सबैको इच्छा हुँदा हुँदैपनि मोटाउनु सबैको लागि समस्या भएपनि प्राय गरी महिलामा तौल बढनु एक समस्या बनिरहेको हुन्छ ।

खासगरी, गृहणी महिला आफनो बढेको तौलका कारण हैरान भईरहेका हुन्छन् किनकी कामकाजी महिला आफनो तौललाई सन्तुलनमा राखिरहेका हुन्छन तर गृहणी महिला घरायासी काममा ब्यस्त रहनु पर्ने भएकाले आफनो बढेको तौललाई सन्तुलनमा राख्न सकिरहेका हुदैनन् ।

उनीहरु तौल सन्तुलनका लागि समय पाउदैनन र मोटो शरिर लिएर बसिरहेका हुन्छन् । यीनीहरुलाई समय भए त जिम सेन्टर गएर आफनो शरिरको तौल सन्तुलनमा राख्थे तर समय नहुने भएका कारण उनीहरु असन्तुलितत शरिर लिएर बसिरहेका हुन्छन् ।

यस्तो अवस्थामा के गर्ने त ?
नियमित व्यायाम गर्ने ।
एकसाथ धेरै खानेकुरा सेवन नगर्ने ।
राती अबेरसम्म बसेर खाने बानी नगर्ने ।
पैदल हिँड्ने बानी बसाल्ने ।
राती चाँडै सुत्ने र बिहान चाँडै उठ्ने अभ्यास गर्ने ।

खानपानमा ध्यान दिऔं
१. गुलिया र चिल्लो खानेकुराले मोटोपन अस्वाभाविक रूपमा बढाउँछन् । त्यसैले, चिनी र चिनीबाट बनेका परिकारमा लोभ नगर्नुहोस् । घ्यु, बटर, बोसो सेवनमा नियन्त्रण गर्नुहोस् । तरकारी तथा परिकार बनाउँदा पनि तेल तथा चिल्लोपदार्थ सकेसम्म कम हाल्नुपर्छ ।
२. बढी खानु पनि मोटोपन बढ्ने कारण हो । जति शरीर मोटो हुन्छ, खाना उति नै खाऊँ खाऊँ लाग्छ । कार्बोहाइड्रेटयुक्त खाना धेरै खाएपछि मोटोपन झन् बढ्छ । त्यसैले, खाना खानुअघि एक कचौरा हरियो सलाद खानु राम्रो हुन्छ । पहिले सलाद खाएपछि भात कम रुच्छ ।

३. बिहान भात खाएपछि बेलुकाको खानामा कार्बोहाइड्रेट कम भएको खाना खाने ।
४. कुनैपनि बेला भोकलाग्दा फलफूलमा जोड गर्नु राम्रो हुन्छ ।
५. पर्याप्त पानी पिउनुपर्छ । बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउनु उत्तम हुन्छ । दिनभरमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ । पानीको मात्रा शरीरमा राम्रो हुँदा पनि मोटोपन नियन्त्रणमा रहन्छ ।
६. अनावश्यक कुरामा तनाव लिने तथा राति पर्याप्त ननिदाउने व्यक्तिलाई पनि मोटोपनको समस्या हुन्छ । त्यसैले, तनावमुक्त जीवन जिउने प्रयास गर्नुपर्छ । दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ ।
७. योग, ध्यान, प्राणायाम गरेर तनावमुक्त हुन सकिन्छ।
८. धूमपान र मद्यपानले मोटो व्यक्तिलाई झन् बढी असर गर्छ । रक्सी, चुरोट, खैनी, पान, सुर्ती, बिँडी सेवनले मोटोपन बढाउँछ भने रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर गराउँछ ।
९. सकारात्मक सोँच राख्ने

प्रतिक्रिया दिनुहोस्