Logo
Logo

‘बैंक तथा वित्तिय संस्था नयाँ शोषकको रूपमा उदाए’


2.1k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्था नयाँ शोषकको रूपमा उदाएको बताएका छन् । मन्त्री किरातीले बैंक तथा वित्तिय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको बताए ।

होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री किरातीले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्न गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे ।

पहिले शोषकहरू दौरा सुरूवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको मन्त्री किरातीको भनाई छ । उनले शहरमा पनि बैंक तथा वित्तिय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गरे ।

‘१२ कक्षा पढेपछि सबै विद्यार्थीहरू विदेश जान्छन् । १२ कक्षा पढेपछि विद्यार्थीहरू किन जान्छन् विदेश ? पैसा छैन । बैंकलाई लगाई दिन्छ। पछि मिटरमा ब्याज लिन्छ । फेरी उसले पैसा फर्काएर लान्छ । नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर’, मन्त्री किरातीले भने- ‘महंगो ब्याज बोकेर, कम्प्युटर ठोकेर । पहिला त दौरासुरूवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक । अहिले त कम्प्युटर बोकेर पो आउँछ ।’

प्रतिक्रिया दिनुहोस्