Logo
Logo

अमेरिका र दक्षिण कोरियाको आणविक सम्झौताले ठूलो खतरा ल्याउनेछ : जोङ



काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनका बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीच भएको आणविक सम्झौताले थप खतरा निम्त्याउने चेतावनी दिएकी छन् । उत्तर कोरियाको आणविक निरोधलाई अझ परिपक्व बनाउनुपर्ने उनको भनाई छ ।

उत्तर कोरियाको आणविक खतरालाई रोक्न भन्दै दक्षिण कोरियाले आफ्नौ आणविक हतियार बनाउने प्रयास गरेको थियो । तर, राष्ट्रपति युन सुक योलको हालैको अमेरिका भ्रमणमा दक्षिण कोरियाले आणविक हतियार नबनाउने सम्झौता गरिएको छ ।

त्यसको सट्टा अमेरिकाले आणविक हतियारसज्जित पण्डुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने र त्यसमा दक्षिण कोरियालाई पनि सहभागी गराउने निर्णय भएको छ । जसलाई वासिङ्टन डिक्लरेसन नाम दिइएको छ ।

सो सम्झौताप्रति इंगित गर्दै किमले भनिन् ‘जति शत्रुहरुले आणविक युद्धको अभ्यास मञ्चन गर्छन् र उनीहरु जति धेरै आणविक हतियार कोरियाली प्रायद्वीनजिक तैनाथ गर्छन्, हाम्रो आत्मरक्षाको अधिकार उति नै बलियो हुन्छ ।’

यसको नतिजा उत्तरपूर्वी एसियाको शान्ति र सुरक्षा झन् खतरामा पर्ने उनको भनाई छ । उनी वर्कर्स पार्टीको केन्द्रीय समितिमा छिन् र सत्तामा ठूलो प्रभाव राख्छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्