Logo
Logo

संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक बस्दै


882
Shares

फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बस्दै छ ।

डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।

त्यस्तै आजै बसे केन्द्रिय समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्ने र उपनिर्वाचनको समिक्षा गर्ने बताइएको छ । केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बारे रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी दिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रास्वपालाई सरकारमै सहभागी गराउने पक्षमा छन्। उनले रास्वपाका सभापति रवि लामिछानेलाई अनौपचारिक प्रस्ताव पनि गरेका बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्