Logo
Logo

लोकतन्त्रको रक्षा चुनौती बन्दै : गृहमन्त्री


756
Shares

महोत्तरी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन् । महोत्तरीमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीको प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताए ।

‘शान्तिप्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी संक्रमणकालिन न्यायका विषयहरु बाँकी छन,’ उनले भने । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले माओवादीले सामाजिक, आर्थिक कार्यभारलाई उचाइमा पुर्‍याउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।

राजनैतिक परिवर्तनलाई रक्षा गर्दै सामाजिक, आर्थिक र समाजवादको यात्रामा जान सकिएन भने राजनैतिक परिवर्तनको कुनै औचित्य रहन नसक्ने उनले बताए । उनका अनुसार अहिलेको गठबन्धन कार्यगत एकता मात्र हो । सामाजिक, आर्थिक रुपान्तरणको लागि वाम मोर्चाको जरुरी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्