Logo
Logo

मिटरब्याजी जोगाउन खाज्नेलाई पनि कारर्वाही गरेर न्याय दिन्छौँ : गृहमन्त्री


882
Shares

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका छन् ।

जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले पीडकलाई र पीडकको पक्षमा भूमिका निर्वाह गर्ने दुवैलाई कानुनी कारबाही गर्ने बताएका हुन् ।

साथै उनले पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए । सरकारले पीडकलाई कुन राजनीतिक दलको हो भनेर नचिन्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा पहुँचवाला व्यक्तिले मिटरब्याजीलाई जोगाउन भूमिका खेल्यो भने उनीहरुलाई पनि कानुनी कारबाही गरेर पीडितलाई न्याय दिने बताए ।

मन्त्री श्रेष्ठले लोकतन्त्रको रक्षा माओवादी केन्द्रको मुख्य कार्यभार रहेको पनि बताएका छन् । उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीको प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्