Logo
Logo

रास्वपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह


3.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । भेटमा प्रचण्डले उपचुनावमा विजयी भएकोमा लामिछानेलाई बधाई दिँदै सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका मुद्दा र सवाललाई अहिलेको सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको भन्दै सरकारमा सहभागी हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर सभापति लामिछानेले भने सरकारले देश र नागरिकका समस्या एकातिर पञ्छाएर गलत निर्णय गरिरहेको भन्दै असन्तुष्टि पोखेका छन् ।

लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई अहिले नै सरकारमा सहभागी भइहाल्ने अवस्था नरहेको पनि जवाफ दिएका छन् । रास्वपाले सरकारमा सहभागी हुने–नहुने विषयमा निर्णय लिन भोलि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्