
काठमाडौं । वीर अस्पतालमा कार्यरत एक स्टाफ नर्सले काठमाडौंको बोहराटारमा आत्महत्या गरेका छन् । नारायणगढ स्थायी घर भएका अनुमा श्रेष्ठले शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित सुजन ढकालको घरमा आत्महत्या गरेका हुन् ।
मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । श्रेष्ठ वीर अस्पतालका नर्स हुन् भने ढकाल कान्ती बाल अस्पतालका डाक्टर हुन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
लामो समय प्रेम सम्बन्धमा रहेका अनुमाले विवाहको प्रस्ताव गर्दा प्रेमीले अस्वीकार गरेपछि केटाको घरमै पुगेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जाकनारी दियो ।प्रहरीका अनसुार अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ ।
बरामद भएको उक्त डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेका छन् । घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ ।











