
काठमाडौं । राष्ट्रिय आाविस्कार केन्द्रका संस्थापक महावीर पुनको धर्नामा डा. गोविन्द केसीले ऐक्यवद्धता जनाएका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबार दिउँसोदखि माइतीघर मण्डलामा अनिश्चितकालका लागि धर्ना बसेका पुनको मागलाई समर्थन गर्दै डा. केसी आइतबार बिहान धर्नास्थल माइतीघर पुगेका हुन्।
पुनले ४ बुँदे माग राखेर शुक्रबारदेखि धर्ना जारी राखेका छन् । धर्नास्थल पुगेर विभिन्न राजनीतिक पार्टीका नेताहरू तथा अभियन्ताहरूले ऐक्यवद्धता जनाइरहेका छन् ।
पुनले अर्थतन्त्र सुधार गर्नका लागि पनि नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । ‘अर्थतन्त्र सुधार्ने बीऊ हो( आविष्कार। यो बीऊ रोपेन भने अर्थतन्त्र सुध्रिदैन,’ पुनले भने, ‘जब पैसा आउने काम नै नगरेसम्म पैसा आउँदैन र अर्थतन्त्र सुध्रदैन। बीऊ भनेको अनुसन्धान हो, आविष्कार हो।’उनले भने ।
अहिलेसम्मका प्रधानमन्त्रीले आविष्कारका क्षेत्रलाई प्राथमिकता नदिएको पुनको आरोप छ। उनले आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा एक प्रतिशत बजेट आविष्कारका क्षेत्रलाई बिनियोजन गरिनुपर्ने बताए।











