
काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम नै गैरकानुनी धन्दामा संलग्न रहेको पाइएको छ । टेलिकमले इन्टरनेट, टिभी र टेलिफोन बण्डलिङ गर्दै आफरसहित विज्ञापन प्रकाशित गरेर गैरकानुनी काम गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम आईएसपीहरुले इन्टरनेट सेवामात्र सञ्चालन गर्न पाउँछन् ।
नेपाल टेलिकमले पनि छुट्टाछुट्टै रुपमा टेलिफोन, इन्टरनेट र टेलिभिज सेवा प्रदान गर्ने अनुमति लिएको हो । तर, टेलिकमले हालै प्रकाशित गरेका विज्ञापनमा तीनै सेवा बण्डलिङ गरेर १२ १२ हजारमा प्रदान गर्ने उल्लेख छ ।
सरकारले हालै मात्र टेलिभिजन प्रसारणसँग सम्बन्धित ‘आलाकार्ट’ व्यवस्था लागू गरेको छ । यस अन्तरगत यसरी बण्डलिङ गरेर सेवा प्रदान गर्न मिल्दैन ।
नेपाल टेलिकमले मात्र नभएर अन्य कुनै पनि संस्थाले च्यानल बण्डलिङ गर्नु गैरकानुनी मानिन्छ ।











