Logo
Logo

सुख्खा पहिरोले अरुण नदी थुनियो, आसपासका क्षेत्र जोखिममा


819
Shares

काठमाडौं । संखुवासभाको फाक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनास्थलमा सुक्खा पहिरो खसेको छ ।

भारतीय कम्पनीले निर्माण गरिरहेको ९ सय मेगावाटको तेस्रो जलविद्युत् आयोजनास्थलमा पहिरो खस्दा अरुण नदीको बहाव थुनिएको छ ।

आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

उनका अनुसार अरुण नदी थुनिँदा जलविद्युत् निर्माण स्थलमा ड्याम साइडको काम पनि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्