Logo
Logo

एसीसी कप : करणले दिलाए नेपाललाई दोस्रो सफलता


630
Shares

काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको फाइनल खलमा यूएईविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि तीव्र गतिका बलर करण केसीले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिए ।

उनले भृत्यलाई आसिफ शेखबाट क्याच आउट गरेका हुन् । जारी प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत रहेका भृत्य ९ बलमा ८ रन बनाएर आउट भए ।

यसअघि, पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए ।

८ बल खेलेर ११ रन बनाएका वासिमलाई सोमपालले ललित राजवंशीबाट क्याच आउट गरे ।

प्रतिक्रिया दिनुहोस्