Logo
Logo

रास्वपा केन्द्रीय समितिको बैठक सुरु


756
Shares

फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रिय समिति बैठक सुरु भएको छ ।

काठमाडौंको बसुन्धरास्थित रास्वपा केन्द्रीय कार्यालयमा बैठक केही बेरअघि सुरु भएको हो।

बैठकमा सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयनबारे औपचारिक निर्णय गर्ने रास्वपा महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालले जानकारी दिए।

हिजो आइतबार बालुवाटार पुगेर रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। त्यस क्रममा पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्रीले लामिछानेलाई बधाई दिएका थिए भने सरकारमा सामेल हुन आग्रह पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्