काठमाडौं, ५ मंसिर ।
स्वास्थ्य मन्त्री उपेन्द्र यादबलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानून मन्त्रालयको जिम्मेवारी दिएपछि संघीय समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । प्रधानमन्त्रीले कारबाही स्वरुप उनको मन्त्रालय परिवर्तन गरिदिएा छन् ।
राम्रो काम गर्न नसकेको र दोहोरो चरित्र देखाएको भन्दै प्रधानमन्त्री ओली यादबसँग रुष्ट थिए । उनले सरकार छाड्ने घुर्की समेत लगाएका थिए । त्यहीकारण ओली उनीसँग रिसाएका हुन् ।
मन्त्री यादब हाल भारतमा छन् । नेपाल फर्किएपछि उनले सरकार छाड्ने तयारी गरेको स्रोत बताउँछ ।
उता कानून मन्त्री भानुभक्त ढकालले भने झन् महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनलाई पुरस्कारस्वरुप स्वासथ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
महिलाको प्रतिनिधित्व घट्यो
राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागितालाई संविधानले नै प्रत्याभूत गरेको छ । तर, मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व झन् घट्दै गएको छ । बुधबार शीतलनिवासमा पुगेको सूचीअनुसार दुई महिला मन्त्री हटाएकोमा नयाँ एकजना महिला पनि समेटिएका छैनन् । यससँगै पुनर्ग्ठित सरकारमा महिला सहभागिता १६ प्रतिशतबाट झरेर ८ प्रतिशत कायम भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र कृषिराज्यमन्त्री रामकुमारी चौधरी हटाइएपछि अब पद्मा अर्याल र विना मगर मात्रै मन्त्री छन् । पद्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र विना खानेपानीमन्त्री छन् । जसप्रति महिलाहरु असन्तुष्ट बनेका छन् ।