Logo
Logo

रास्वपाले सरकारबारे शुक्रबार निर्णय गर्ने


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने वा नजाने भन्नेबारे शुक्रबार निर्णय गर्ने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय भने गर्न नसकेको हो ।

प्रवक्ता मुकुल ढकालका अनुसार पार्टीले यसबारे शुक्रबार ठोस निर्णय गर्नेछ । ‘पार्टी कि त प्रतिपक्षमा बस्छ कि त सरकारमा जान्छ । पार्टी सरकारमा जाने या प्रतिपक्षमा बस्नेबारे शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकले निर्णय गर्नेछ’, उनले भने ।

सरकारमा जानका लागि आफ्नो शर्त पुरा हुनुपर्ने रास्वपाको अडान छ । त्यसका लागि शुक्रबारसम्म पर्खिएर आवश्यक निर्णय लिने तयारी छ ।

रास्वपाका सभापति रवि लामिछानेले सरकारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरिरहेका छन् । आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले आफ्नो माग सम्बोधन भएमा सरकारमा सहभागी हुन सक्ने संकेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पनि माग पुरा गर्न सकारात्मक जवाफ दिएका छन् ।

रविलाई संसदीय दलको नेता बनाउने निर्णय
रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रवक्ता ढकालका अनुसार सो निर्णयलाई आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्