Logo
Logo

अर्थतन्त्र गतिशील हुने अपेक्षा छ : चन्द्र ढकाल


567
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीबाट आर्थिक एवं सामाजिक क्षेत्रमा परेको प्रभावबाट बाहिर आउन लिइएको नीतिसँगै अर्थतन्त्र गतिशिल हुने अपेक्षा रहेको उल्लेख गरेका छन् ।

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ढकालले विश्वव्यापी रुपमै देखिएको आर्थिक मन्दीले नेपालको अर्थतन्त्र, उद्योग व्यवसाय र श्रम क्षेत्र अप्ठेरो स्थितिमा पुगेको पनि सन्देशमा उल्लेख गरेका छन् ।

शुभकामना दिँदै श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धी र औद्योगिक शान्ति स्थापनाको ऐतिहासिक क्षणको सम्झना स्वरुप मनाउँदै आएको मे दिवसले सबैलाई संवाद र सहकार्यको माध्यमबाट सम्बन्ध विकास गर्न प्रेरित गरेको उनले विश्वास लिएको जनाएका छन् ।

‘हामी बीचको सम्बन्धमा सुधार हुँदै गएको छ । यसलाई सकारात्मकरुपमा लिएका छौं’ अध्यक्ष ढकालले शुभकामना सन्देशमा भनेका छन्- ‘सम्बन्धलाई बलियो बनाउन सहकार्य र सहयात्रामा जोड दिन चाहान्छु ।’

उद्योग व्यवसाय संचालन र यसबाट रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्याको सामना गर्नपर्ने यो कठिन समयमा रोजगारदाता र ट्रेड यूनियनबीच अझ बढी समझदारी सहकार्यको लागि अपिल गरेका छन् ।

यस्तै, महासंघको रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले पनि १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

सभापति श्रेष्ठले शुभकामना सन्देशमा विभिन्न आरोह अवरोह पार गर्दै नेपालको श्रम सम्बन्ध सहज बन्दै गएको जनाएकी छन् ।

सम्बाद र सहकार्यको थालनीबाट श्रम सम्बन्ध सुधार र श्रम विवादको संख्यामा निकै कमी आएको सन्दर्भमा दिगो औद्योगिक शान्ति स्थापनामा जोड दिन चाहेको सन्देशमा उल्लेख छ ।

‘कोरोना महामारीबाट भएको नोक्सानी र परेको प्राभवबाट चाडो क्षतिपूर्ति प्राप्त गर्न सरकारले लिएका नीतिसँगै सुधारको अपेक्षा गरेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमै आएको आर्थिक मन्दिको कारण उद्योग व्यवसाय र आर्थिक गतिविधिमा उल्लेखनीय कमी आई मुलुक आर्थिक संकटतर्फ उन्मुख छ भन्ने कुराले हामी चिन्तित भएका छौं’ जारी सन्देशमा भनिएको छ, ‘यसबाट आउने सम्भावित समस्या र चुनौतीको सामना गर्न थप समझदारी र सहयोगको आवश्यकतामा जोड दिदै सम्पूर्ण श्रमिक दिदी बहिनी र दाजूभाईको समुन्नतिको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्