धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएको छ ।

आइतबारदेखि परेको वर्षाका कारण मुख्य राजमार्गको उक्त पुल भासिएको हो । पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको छ ।
दुईतर्फी सवारी आवागमन बन्द हुँदा यहाँबाट आवतजावत गर्ने यात्रु बीच बाटोमै रोकिएका छन् ।











