काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआइ) दिने भएको छ । आज बसेको बोर्डको बैठकले पहिलो चरणमा १६ कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो ।

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार नयाँ ब्रोकरका लागि ४५ कम्पनीले आवेदन दिएका थिए । अब एलओआई पाएका १६ वटामध्ये मापदण्ड पुर्याउने कम्पनीले लाइसेन्स पाउनेछन् ।
एलओआई पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, एसपीएसएस सेक्युरिटिज, एलिट स्टक हाउस, आकाश भैरव सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, आरविवि सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज क्यापिटल म्याक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, केबीएल सेक्युरिटिज, सीबिआईएल सेक्युरिटिज र हिमालयन ब्रोकेज कम्पनी रहेका छन् ।











