
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै बेहोर्ने इच्छा व्यक्त गरेका छन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले प्रेस बिज्ञप्ति जारी गर्दै राष्ट्रपतिले पछिल्लो समय भारतमा गराइएको उपचार खर्च राष्ट्रपति आफैले बेहोर्न चाहेकाे जानकारी दिएका हुन् ।
‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्न चाहेकाे कुराका जानकारीका लागि अबगत गराईन्छ,’ कार्कीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
छात्तिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल बैशाख पहिलो साता भारत गएका थिए । उनी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा १० दिन लामो उपचार पछि आइतवार राती स्वदेश फर्केका हुन् ।












