Logo
Logo

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बधाई


378
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।    

उनले विजेता नेपाली टिमका खेलाडीहरूलाई शुभकामना दिँदै आजको यो जितले नेपाल र नेपालीको शिर उँचो बनाएको र क्रिकेट खेलप्रेमीहरूलाई खुशी तुल्याएको बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गरेको पनि उनको सचिवालयले जनाएको छ । 

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो । 
    

प्रतिक्रिया दिनुहोस्