काठमाडौं । बझाङमा पनि हिमपहिरोमा पुरिएर एकजना महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका-१ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको बताए ।
उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीको भनाई छ । मंगलबार दिउँसो दार्चुलाको व्यास गाउँपालिकामा पनि हिमपहिरो जादा एक जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।











