
काठमाडौं । नेपाल बार एशोसिएनको आन्दोलन आज चौथों दिन पनि जारी रहने भएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तीलगायतको माग गर्दै गत आइतबार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि जारी रहने भएको हो ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलाबार बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरेका थिए । उनकाअनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ती प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी रहनेछ ।
शुक्रबारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुने उनको भनाइ छ । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुँदै आएको छ ।
कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधिस हुदाँ कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।











