Logo
Logo

बजेट अधिवेशन वैशाख २४ गते


882
Shares

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

यो अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ । संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो ।

त्यसैगरी सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टिमलाई जनही ६ लाख दिने निर्णय गरेको छ । मंगलबार नेपालमा भएको एसीसी प्रिमियर कपमा युएईलाई हराउदै यसिया कपका लाटि छनोट भएका क्रिकेट टिम र प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शर्माले बताए ।

सरकारले नेपाली क्रिकेटका टिमका अन्य कर्मचारीलाई जनही ३ लाख दिएर खेलाडीलाई प्रोत्साहन गर्ने निर्णय गरेको शर्माले जानकारी दिए । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्थरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विषेश प्राथमिकतामा राख्ने निर्णय गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्