काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छिटै केन्द्र लगाएत सवै प्रदेशका सरकारहरुले पूर्णता पाउने बताएका छन् ।

एकीकृत ट्रेड युनियन महासंघ, नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले भर्खरै उपनिर्वाचन सम्पन्न भएको भन्दै अब स्थानीय सरकारहरुले पूर्णता पाउने बताएका हुन् । अध्यक्ष नेपालले अब पार्टीको ध्यान समाजवादी मोर्चा बनाउने कुरामा केन्द्रीत हुने जिकिर गरे ।
उनले पार्टी दोश्रो चरणको संगठन सुदृढिकरणको अभियानमा जुटेको जानकारी दिँदै पहिलो चरणको अभियानबाट प्राप्त भएका अनुभवका आधारमा अघि बढ्ने बताए । पार्टीभित्र पद ओगट्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने र जनताको भावना अनुसार संगठनहरु चल्नुपर्ने उनको भनाइ छ ।
उहाले मजदुर आन्दोलनले नै कम्युनिष्ट आन्दोलनलाई शिक्षा दिएको भन्दै मजदुर संगठनले औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका मजदुरको हित हुने गरि काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अध्यक्ष नेपालले संगठनको पहिलो महाधिवशेनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।











